दफा १८
दर्ता किताबबाट नाम हटाउने
(१) देहाय बमोजिमको
अवस्थामा बाहेक दर्तावाला इन्जिनियरको नाम दर्ता
किताबबाट हटाइने छैन:-
(क) दफा ७ बमोजिम अयोग्य भएमा,
(ख) व्यावसायिक आचार संहिताको उल्लङ्घन गरेको अभियोगमा दर्ता किताबबाट नाम हटाउने भनी परिषद्को बैठकमा पेश भएको प्रस्ताव दुई तिहाइ बहुमतबाट पारित भएमा, वा
(ग) धोखा वा गल्तीले योग्यता नपुगेको कुनै व्यक्तिको नाम दर्ता हुन गएमा ।
(२) उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिमको आरोपमा कुनै दर्तावाला इन्जिनियरको नाम दर्ता किताबबाट हटाउने प्रस्ताव परिषद्को बैठकमा पेश गर्नु अघि त्यस्तो व्यक्तिलाई लागेको अभियोगको सम्बन्धमा जाँचबुझ गरी प्रतिवेदन पेश गर्न परिषद्ले एक जाँचबुझ समिति गठन गर्नेछ।
(३) उपदफा (२) बमोजिम गठन भएको जाँचबुझ समितिले जाँचबुझ गर्दा अपनाउनु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ।